नेप्सेमा १३.८० अंकले बढ्यो : आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार

०४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment