सुनको मूल्यमा बृद्धी

०४ साउन, काठमाडौं ।  सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुससार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ, तेजावी ९२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६०० रुपैयाँ र चाँदी तोलाको २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment