जेलबाट छुटे लगत्तै अमेरिकी र्यापरको गाेली हानी हत्या, ६४ गोली शरिरमा

०४ साउन, एजेन्सी । जेलबाट रिहा हुने बित्तिकै अमेरिकी र्यापरको हत्या भएको छ ।

जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेपछि अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ । यस्तै घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ ।

अमेरिकाका ३१ वर्षीय यापर लौन्ड्रे सिलवेस्टरको शिकागोको जेलबाट रिहा भएलगत्तै हत्या भएको हो । शनिबार जब उनी जेलबाट रिहा भए तब उनीमाथि हमला भयो । गोली लागेपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृतक घोषणा गरियो ।

प्रहरीले दिएको जानकारी अनुसार जेलबाट रिहा भएपछि सिलवेस्टर घर फर्कनका लागि गाडी कुरिररहेका बेला उनीमाथि हमला भएको हो । भिन्न गाडीमा सवार अपराधीले सिलवेस्टरमाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार सिलवेस्टरसहित एक ६१ र ३० वर्षीया महिलालाई पनि गोली लागेको छ । यी दुबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । यी दुबै खतरामुक्त भएको बताइएको छ ।

उता गोली हानेपछि हमलाकर्ता घटनास्थलबाट फरार भए । शिकागो प्रहरी हमलाकर्ताको खोजीमा जुटेको छ । पछिल्लो केही समयमा शिकागोमा गोलीबारी र अपराधको घटनामा अत्यधिक वृद्धि भएको छ । यस विषयमा प्रहरी उच्चाधिकारी निकै चिन्तित छन् ।

शिकागो ट्रिब्यूनका अनुसार सिलवेस्टले ५ हजार डलरको जमानतपछि रिहा भएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment