कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा ७० करोडभन्दा माथि

०३ साउन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । कम्पनीको सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष खुद नाफा ५ दशमलव ८५ गुणा बढी भएको छ । अघिल्लो आर्थिक वर्ष चौथो त्रैमाससम्ममा रू. ११ करोड ९७ लाख १९ हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. ७० करोड २ लाख ४० हजार यो नाफा गरेको हो ।

गत वर्ष सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ४ दशमलव ३४ गुणा भएको छ । अघिल्लो वर्ष रू. १६ करोड ५७ लाख ३० हजार सञ्चालन मुनाफा गरेको बैंकले गत वर्ष रू. ७१ करोड ९६ लाख ३७ हजार यो नाफा गरेको हो । सञ्चालन नाफा बढेसँगै बैंकको खुद नाफामा पनि उल्लेख्य बृद्धि भएको हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ४३ करोड ४५ लाख २१ हजार कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा रू.१३ करोड ७४ लाख १९ हजार ऋणात्मक थियो । ४ दशमलव ४० प्रतिशत बोनस शेयर मार्फत बैंकको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड १९ लाख ६३ हजार पुगेको छ । रिटर्न अर्निङ रू. ४४ करोड ४८ लाख ८३ हजार र जगेडा कोष रकम रू. ८४ करोड ४३ लाख ४९ हजार रहेको छ । अघिल्लो वर्षभन्दा रिटर्न अनिङ ३ दशमलव ७१ गुणा र जगेडा कोष रकम ५५ प्रतिशत बृद्धि भएको हो ।

बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष ३९ प्रतिशत बढी रू. ४४ अर्ब ४५ करोड १ लाख ६६ हजार निक्षेप संकलन गरेको छ भने ४९ दशमलव ७७ प्रतिशत बढी रू. ३८ अर्ब ८२ करोड ९१ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १ दशमलव ७९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ५ प्रतिशतमा झरेको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. २६ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ६१ रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment