मलेसियामा दैनिक मृतकको संख्या फेरि उच्च

०३ साउन, क्वालालमपुर । मलेसियामा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको संख्यामा फेरि वृद्धि भएको छ ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ६ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ संक्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कुल संक्रमितको संख्या नौ लाख पाँच हजार ८५१ पुगेको उनले बताए ।

उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment