भारतमा महामारीको तेस्रो लहरको खतरा, ‘आउँदो १०० दिनमा बढी जोखिम’

०२ साउन, एजेन्सी । भारत सरकारले कोभिड–१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भीके पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताएका छन् ।

उनले भनेका छन्, “हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नाैँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्नेछ ।”

हालै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारीविरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने जनाएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट भारतमा कोभिड–१९ को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment