प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन

०२ साउन, काठमाडौं । प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेको प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरिएको छ ।

उत्तीण उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना साउन ३ गते नेपाल प्रहरीको वेभसाइट र सम्बन्धित परीक्षा केन्द्रहरू (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर, राजविराज, सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा) प्रकाशन गरिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले जनाएको छ ।

साथै उक्त नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment