हुन्डाईको सबैभन्दा सानो एसयूभी क्यास्पर

०१ असार, एजेन्सी । हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम ‘क्यास्पर’ हुने भएको छ । हुन्डाईको उक्त एसयूभीको स्पाई तस्बिर कोरियन अनलाइनहरुले सार्वजनिक गरेका छन् ।

हुन्डाई एएक्स१ कम्पनीले के१ प्लेटफर्ममा विकास गरिरहेको सानो कार हो र यसले भारत जस्ता विकासोन्मुख बजारलाई लक्ष्यित गर्ने बताइएको छ । हुन्डाईले गत वर्षको सेप्टेम्बरमै क्यास्पर ट्रेडमार्क कोरियन इन्टेलेक्चुअल प्रोपर्टी राइट्स अफिसमा दर्ता गरेको थियो । हाल यो परीक्षण र अन्तिम स्वीकृतिको अवस्थामा रहेको बताइएको छ ।

क्यानभास र स्टिकर क्यामोफ्ल्यागमा सो एसयूभी पुरै नदेखिए पनि यसमा ट्रयांगुलर ग्रिल प्यार्टन वा राउन्डेड हेडल्याम्प देख्न सकिन्छ । यो हुन्डाई कोना जस्तो देखिन्छ । त्यसैगरी यसको साइज आई१० वा पिकान्टो जस्तो देखिए पनि अलि अग्लो लाग्छ ।

यसको वारेमा थप विवरण समेत सार्वजनिक भएको छ । यसको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम छ । यो कम्प्याक्ट कारका लागि कोरियन स्ट्यान्डर्ड अनुसार छ ।

त्यसैगरी यसमा हुन्डाई आई१० वा किया पिकान्टोमा भए जस्तै १.० लिटरको इन्जिन हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment