अवैध रुपमा ल्याउँदै गरेको सुन र चाँदी जस्तो देखिने धातु सहित २ जना पक्राउ

०१ साउन, रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका-११ पण्डितपुरस्थित सडकमा लु.३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला ५० लाल सुन जस्तो देखिन धातु र ७ किलो ५ सय ग्राम चाँदी जस्तो देखिने धातु, ३ थान मोबाइल, नगद १७ हजार २ सय ५० नेपाली रुपैयाँ र ३ हजार भारतीय रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा उक्त मोटरसाइकलका चालक सोही नगरपालिका-११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् ।


ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट करिब २३ लाख रुपैयाँ बराबरको उक्त धनमाल सहित फेला पारी मोटरसाइकल सवार उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment