शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बन्नुभएकामा पार्टी सभापतिसमेत रहनुभएका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment