इदका लागि बंगलादेशमा एक साता लकडाउन हटाइँदै, स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

३० असार, काठमाडौं । बंगलादेशमा इदका लागि एक साता लकडाउन हटाइने भएको छ । इस्लाम धर्मावलम्बीको इद उल अजहालाई लक्षित गरेर जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो ।

इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बंगलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ । लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बंगलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ ।

साथै भिड हुने ठाउँसहित पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment