अग्रपंक्तिमा खट्ने उद्योगी, व्यवसायी र कामदारहरुलाई खोप नदिए सेवा बन्द गर्ने चेतावनी

२९ असार, काठमाडौं ।  दैनिक अत्यावश्यक वस्तु तथा सेवाहरु आपूर्ती गर्दै अग्रपंक्तिमा रहेर कार्य गरीरहेका उद्योगी व्यवसायीहरु लगायत संलग्न कामदार, कर्मचारीहरुलोई कोरोनाको खोप उपलब्ध गराउन नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले आग्रह गरेको छ ।

अत्यावश्यक खाद्य तथा दैनिक उपभोग्य वस्तुहरु लगायत औषधी, स्वास्थ्य सामाग्रीहरुको आपूर्तीलाइ सहज बनाउन उद्योगी व्यवसायीहरु र कामदार, कर्मचारीहरुले डर, त्रास र पिडामा रहेर संक्रमणको जोखिम उठाउँदै अग्रपंक्तिमा काम गरिरहेको भन्दै संघले उनीहरुलाई खोप उपलब्ध गराई दिन भनेको हो ।

धेरै उद्योगी, व्यवसायीहरु यस महामारी का कारण ज्यान गुमाइ सकेको अवस्थामा सरकारको कर संकलन अभियानमा निशुल्क खटिरहेको अवस्थालाई ध्यान दिन पनि संघले आग्रह गरेको छ

आम सर्वसाधारणलाई आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाहरुको आपुर्तिमा खटिएका व्यवसायी तथा कामदारहरु कहिलेसम्म आफ्नो ज्यानलाई जोखिममा राख्दै आपूर्ति प्रणालीलाई टिकाइ राख्ने भन्ने अवस्थामा पुगेको संघले जनाएको छ । गम्भीर र संवेदनशील अवस्थालाई बुझेर उद्योगी व्यवसायीको जीवन रक्षामा ध्यान दिन संघले आग्रह गरेको हो ।

“यो संवेदनशिलता बारे पटक–पटक उद्योगी व्यवसायीहरुका विभिन्न छाता संगठनहरु मार्फत सरकारलाई अवगत गराउँदै आए तापनि यो व्यावसायिक समूहलाई खोप दिन प्राथामिकता आज सम्म नराखीएकोमा ज्यादै दुःखका साथ सम्बन्धित सबै पक्षको पूनःगम्भीर ध्यानकार्षण गराउन चाहान्छौँ । हाल खोपको आपूर्ती सहज भैरहेको अवस्थामा यस वर्गका लागी तत्काल एक लाख खोप निजी क्षेत्रको छाता संगठन, देशका ७७ जिल्लाहरुमा जिल्ला, नगर र वस्तुगत संघहरु सदस्य सहित, सरकार पछीको दोश्रो ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ मार्फत सबै संघहरुले पाउने गरी तत्काल उपलब्ध गराउनु हुने व्यवस्थाका लागी सम्बन्धित सम्पूर्ण आधिकारीक निकाय र व्यक्तित्वहरुमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ हार्दिक अपिल गर्दछ” संघले भनेको छ ।

अग्रपंक्रीका व्यवसायीलाई खोप उपलब्ध गराउने सन्दर्भमा बिलम्ब भएमा यस्को विरोधमा देशभरका व्यावसायिक संगठनहरुको ऐक्यबद्धता रहने समेत अनुरोघ गर्दै जोखिमपूर्ण तरिकाले संचालन हुदै गरेको समग्र वस्तु तथा सेवाको वितरण लाई बाध्य भएर बन्द गर्नु पर्नेतर्फ संघले ध्यानाकर्षण समेत गराएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment