वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

२९ असार, काठमाडौँ । सरकारले खोप अनिवार्य गरेका वैदेशिक रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो ।

खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई पनि खोप दिइने जनाइएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु समस्यामा रहेका थिए । खाडी मुलुकहरुले खोप नलगाएका श्रमिकलाई १० दिन होटल क्वारेीनटनमा बस्नु पर्ने र खर्च पनि स्वयंले व्यहोर्नु पर्ने नियम बनाएका थिए ।

कतारबाट घर बिदामा आएका बाग्लुुङका विशाल अधिकारीको कम्पनीले दिएको बिदा सकिएको एक महिना भइसक्दा पनि जान नपाएको बताए । श्रमिक अधिकारीले भने, “कतार गएर होटल क्वारेन्टाइनमा बसेको पैसा तिर्नसक्ने अवस्था छैन । त्यसैले सरकारले हामीजस्ता श्रमिकका लागि खोपको व्यवस्था गरिदिए हुन्थ्यो । ”

“स्वदेशमै केही गरौँ भने पनि लगानी गर्ने पैसा छैन । ऋण गरेर स्वदेशमै केही गरौँ भने पनि कसैले पत्याउँदैन,” अधिकारी भने, “विदेश नगई उपाय नै छैन, नगए कसरी घर चलाउने र रु सरकारले हामीजस्ताका लागि जसरी पनि आएका खोपलाई प्राथमिकतामा राखेर खोप दिनुपर्‍यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment