नेप्से ४४.९८ अंकले घटेर दुई हजार आठ सय ५४ दशमलब ८४ विन्दुमा: ९ अर्ब ९८ करोड बराबरको कारोबार

२८ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आइतबार ७४.७१ अंकले बढेर दुई हजार आठ सय ९९ दशमलब ८२ विन्दुमा पुगेका नेप्से आज फेरि घटेको हो ।

नेप्सेका अनुसार आज ४४.९८ अंकले घटेर दुई हजार आठ सय ५४ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । आज शेयरमूल्य बढ्ने कम्पनीमा समृद्धी फाइनान्स कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य पाँच प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरियन्टल होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी निर्धान उत्थान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको आज ४७ करोडको कारोबार भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment