सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापनाका लागि गरेको फैसला ऐतिहासिक : प्रचण्ड

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापनाका लागि गरेको फैसला ऐतिहासिक भएको बताएका छन् ।

सर्वाेच्च अदालतले आज प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसला गरेपछि प्रतिक्रिया दिदैं दाहालले फैसला नेपाली इतिहासकै एक महत्वपूर्ण घटना भएको बताएका हुन् ।

अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेको दाहालको भनाई छ । उनले सर्वाेच्चको फैसलालाई इतिहासले सम्मान गर्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा दोस्रो पटक विघटन गरेकी थिइन ।

प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वाेच्चले बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई दुइदिन भित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाउमा आज परमादेश जारी गरेको छ । दाहालले सर्वाेच्चको फैसला संविधान,लोकतन्त्र र राष्ट्रिय हितको रक्षा गर्न महत्वपूर्ण हुने बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment