१५ सय ३३ जना कोरोनामुक्त हुँदा १८ सय ३१ संक्रमित थपिए

२७ असार, काठमाडौं । ९ हजार २१८ नमूना परीक्षणमा १८ सय ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५५ सय ३५ नमूनाको पीसीआर र ३५ सय ८३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट १२ सय ३७ जना र एन्टिजेन विधिबाट ५९४ जनामा संक्रमण देखिएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ।
मन्त्रालयका अनुसार आइतबार १५ सय ३३ जना कोरोनामुक्त भएका छन्।

कोरोनाबाट निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment