मनकामना स्मार्ट लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने

२७ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान ९:३० बजे शेयर बाँडफांड गर्न लागेको हो ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आईपिओमा २० लाख बढीले आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदकले आवेदन दिएकोले आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा १९ लाख बढी आवेदन हात खाली हुने छन् । यो आवेदन फेरिफाई हुनु अगाडीको तथ्यांक भएकोले यो संख्या केहि घटबढ हुन सक्ने छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment