आरविवि म्युचुअल फण्डको-१ इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

२७ असार, काठमाडौं । असार २३ गते बुधवारदेखि विक्रीमा आएको आरविवि म्युचुअल फण्डको इकाई खरिदका लागि आवेदन दिने असार २७ गते आज अन्तिम दिन रहेको छ । कम्पनीको इकाईमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागिएको हो ।

यस फण्डले आरबिबि म्युचुअल फण्ड–१ सञ्चालनका लागि यस फण्डले ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो । योजना सञ्चालनका लागि कुल १० करोड इकाई विक्री गर्नुपर्नेमा फण्डले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकको लागि र योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ्कको लागि सुरक्षित गरेको छ ।

७ वर्षे अवधिको बन्दमुखी यो योजना सञ्चालनका लागि बोर्डले असार १० गते अनुमति दिएको हो । इकाई विक्री प्रबन्धकमा पनि आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment