आफू एमालेमै रहेकाे नेता टोपबहादुर रायमाझीकाे स्पष्टाेक्ति

२६ असार, काठमाडाैं । नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले केही समयअघि उहाँकाे नाम जाेडेर आएकाे समाचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएकाे छ ।

पछिल्लो समय केही सञ्चार माध्यमहरुले उहाँ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको समाचार प्रकाशित गरेका थिए ।

उहाँद्वारा जारी प्रेस विज्ञप्तिमा पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएकाे जनाउँदै त्यस्ताे समाचारप्रति विश्वास नगर्न अपिल गर्नुभएकाे छ ।

‘क. प्रचण्डले राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।’ विज्ञप्तिमा साे कुरा उल्लेख गर्नुहुँदै नेता रायमाझीले समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क.केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको जनाउनुभएकाे छ ।

औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन यस्ताे समाचार प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment