कर्मचारीहरुले जलाए निगमलाई निजीकरण गर्न तयार गरिएको प्रबन्ध-पत्र!

२५ असार, काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्न तयार गरिएको प्रबन्ध–पत्र जलाएका छन् । शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन् ।

निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रवन्धपत्र जलाएको बताएका छन् ।

उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइदैन, महाप्रबन्धक राजीनामा देलगायका प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए । कर्मचारीहरुले निगमलाई धरासयी बनाउदै निजीकरण गर्न लागेको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।

त्यस्तै, उनीहरुले निगमलाई निजिकरण गर्न निगमको सम्पतिको कम मूल्याङ्कन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगााएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment