गोकर्णेश्वरमा अत्याधुनिक फोहर व्यवस्थापन यन्त्र

२४ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले फोहर व्यवस्थापनका लागि अत्याधुनिक जापानी यन्त्र जडान गरेको छ । नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको वाग्मती किनारमा सो यन्त्र जडान गरिएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । नगरपालिकाले तीन वर्षअघि नै ल्याएको यन्त्र प्राविधिक कारणले जडानमा ढिलाइ भएको हो ।

रु पाँच करोडको लागतमा फोहर व्यवस्थापन गर्ने दुईवटा यन्त्र ल्याइएकामा एउटा जडान गरिएको छ । अर्को यन्त्र जडान गर्न बाँकी छ । साउनदेखि नै यन्त्र सञ्चालन शुरु गरी फोहर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । यन्त्र जडान गरेपछि अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका हुने जनाइएको छ । यन्त्रले फोहर दहन गर्नेछ । वातावरणमैत्री यन्त्र भएकाले स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ ।

यन्त्र जडानसँगै सामाजिक चेतना र फोहर वर्गीकरणका लागि कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ वाग्मती सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी । यन्त्रलाई बढी प्रभावकारी र उपयोगी बनाउने गरी काम गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

घरान नै फोहर वर्गीकरण गर्दा झण्डै ८० प्रतिशत कमी आउने जनाइएको छ । कुहिने फोहरलाई घर बाहिर फाल्न बर्जित गर्ने कानूनको तर्जुमा गर्नसक्दा यन्त्र प्रयोगले सार्थकता पाउने उहाँको भनाइ छ । यसैगरी बिक्री हुने र बिक्री नहुने फोहरको वर्गीकरणलाई अनिवार्य शर्तका रूपमा नगरवासीले स्वीकार गर्ने वातावरण बनाइनुपर्छ ।

कुहिने फोहरबाट मल बनाउने, नकुहिनेमा पनि बिक्री हुने फोहरलाई अलग राख्ने र प्लाष्टिक प्रयोगलाई बर्जित गरेर यन्त्रले धेरै भार खप्नु नपर्ने अभियानकर्मीको सुझाव छ । सुक्खा फोहरका लागि उपयुक्त यन्त्रमा अन्य फोहरले असर पु¥याउन सक्नेतर्फ पनि अभियानकर्मीले सचेत गराएका छन् ।्

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment