हाल सम्म नेपाल प्रहरीमा १० हजार २८० जनामा कोरोना संक्रमण, कोरोना संक्रमणकै कारण १७ जनाको मृत्यु

२३ असार, काठमाडौं । पहिलो र दोस्रो लहरमा १० हजार बढी प्रहरीलाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १० हजार २८० जनालाई संक्रमण भएको हो ।

हालसम्म १७ जना प्रहरीले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये १० हजार १०२ जना कोरोनामुक्त भएका छन् । हाल १६१ जना उपचाररत छन् ।

कोरोना संक्रमणकै कारण ५४ जना भूतपूर्व प्रहरी कर्मचारीले समेत ज्यान गुमाएका छन् । हालसम्म ५८ हजार ९५० प्रहरीले कोरोनाको पहिलो चरणको र ४३ हजार ६१६ जनाले दोस्रो चरणको खोप लगाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment