रासस सञ्चालक सदस्यमा विद्रोही नियुक्त

२२ असार, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्यमा पत्रकार माधव विद्रोही (भण्डारी) नियुक्त हुनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रिस्तरीय निर्णयअनुसार यही असार २१ गते उहाँलाई रासस ऐन, २०१९ बमोजिम चार वर्षका लागि नियुक्त गरिएको होे । विसं २०२२ जेठ १३ मा जन्मनुभएका झापा, भद्रपुर नगरपालिका–८ निवासी विद्रोही विसं २०४३ देखि निरन्तर पत्रकारिता पेशामा हुनुहुन्छ । नवनियुक्त सदस्य विद्रोहीलाई सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङले आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरणसहित बधाई दिनुभयो । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, राससका महाप्रबन्धक सिद्धराज राईलगायत उपस्थित हुनुहुन्थ्यो । सदस्य विद्रोहीलाई आजै रासस केन्द्रीय कार्यालय, भद्रकालीमा स्वागत गरियो ।

हाल रेडियो भिजनका कार्यक्रम संयोजक र स्वाधीन संवाद साप्ताहिकका सम्पादक एवं प्रकाशक विद्रोहीसँग यसअघि कुराकानी, डेली डायरी, ज्वाला, दृष्टि, बुधबार, जनआस्था साप्ताहिक तथा च्यानल नेपाल, कञ्चनजङ्गा एफएममा कार्य गरेको अनुभव छ ।

पत्रकार विद्रोहीले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार, द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार र डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, झापाका पूर्वअध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि विद्रोहीले पत्रकारिताकै क्रममा विसं २०४४ र २०४६ मा गरी दुई पटक शान्ति सुरक्षा मुद्दामा कारागार जीवन पनि बिताउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment