थप एक हजार ७१८ सङ्क्रमण पुष्टि, एक हजार ५६५ निको, १५ जनाको मृत्यु

२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ७१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २६३ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment