एक एक पाइला फाउन्डेशनलाई अभिनेत्री कोइरालाको सहयोग

२१ असार, काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेशनलाई सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत फाउन्डेशनलाई २० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी हुन् ।

उक्त कार्यक्रममा उनले आफ्नो स्वास्थ्य परीक्षण समेत गराएकी थिइन् । कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि BAPS UK को सहयोगमा उक्त सामाग्री अभिनेत्री कोइरालाले एक एक पाइला लाई हस्तान्तरण गरेकी हुन् ।

एक एक पाइला नेपालमा स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।

हाल यसले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिक मार्फत सेवा सञ्चालन गरिरहेको छ । एक एक पाइला मार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिदै आईरहेको छ ।

सहयोग प्राप्त उक्त सामाग्री एक एक पाइलाको रहोबरमा देशका बिभिन्न दुर्गम जिल्लाहरू रोल्पा, हुम्ला, रुकुम, डोल्पा, बाग्लुङ बुर्तिवाङ प्राथमिकता केन्द्र, बर्दिया कोभिड हस्पिटल मालिका, सप्तरी कृति सामुदायिक अस्पताल, बैतडी केशरपुरी प्राथमिक स्वास्थ्य केन्द्र, प्युठान विग्री प्राथमिक स्वास्थ्य केन्द्रमा वितरण गरिने भएको छ ।

त्यस्तै, कालिकोट रास्कोट अस्पताल, तेह्रथुम फेदाद अस्पताल, मुगू रातापानी प्राथमिक स्वास्थ्य, धनकुटा डाडापानी प्राथमिक स्वास्थ्य केन्द्र, धनकुटा जितपुर प्राथमिक स्वास्थ्य केन्द्र, ओखलढुङा लिखु नगरपालिका, उदयपुर ताप्ली आधारभुत अस्पताल, बाजुरा खप्तड श्री स्वास्थ्य केन्द्र, ताप्लेजुङ् धुम्सा स्वास्थ्य केन्द्र र पूर्व रुकुम जिल्ला अस्पतालमा एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने भएको फाउन्डेशनले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment