नेप्सेमा आज सोमबार दोहोरो अंकको गिरावट : ४ अर्ब ५८ करोड २२ लाख बराबरको कारोवार

२१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.७८ अंकले घटेर दुई हजार आठ सय २२ दशमलब ७४ विन्दुमा थामिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ५८ करोड २२ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा २९ वटा कम्पनीले कमाए भने १५३ वटा कम्पनीका लगानीकर्ताले गुकाएका छन् ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् ।

त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कम्पनीका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले गुमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले गुमाउका छन् । नेपाल इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव १८ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digitial khabar
Comments (0)
Add Comment