अवैध लागूऔषध सहित पक्राउ

२१ असार, काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ थान तौल गर्ने डिजिटल काँटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-९ ब्रम्हदेव बस्ने १९ वर्षीय मोहन पन्त र सोही नगरपालिका-६ ऐठपुर बस्ने २८ वर्षीय राम बहादुर साउद रहेका छन् । म.२ प ९८६६ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१६ बस्ने ५० वर्षीय मईतु राम डगौरालाई ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा गाँजा सुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट वेहडाबाबाबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिपल चौतराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ४ सय ९६ पिस सहित चितवन कालिका नगरपालिका-१ जुटपानी बस्ने २३ वर्षीय रविन बिक समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा.९५ प ७९३२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment