नेप्सेमा आज आइतबार सामान्य अंकको गिरावट

२० असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ५२ विन्दुमा थामिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ५ करोड ३५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन वटा समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज १०.२५ प्रतिशत डिभेञ्चर र १०.५० प्रतिशत एसबीएल डिभेञ्चरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज साढे २१ करोड भन्दा बढीको शेयर किनबेच भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digtal khabar
Comments (0)
Add Comment