भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

२० असार, काठमाडौं । भक्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले चुस्त दुरुस्त राख्ने उद्देश्यले विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।

कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शुक्रबार एक समारोहबीच ‘सीसीटीभी मनिटरिङ’ सेवाको शुभारम्भ गरे ।

भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार राजमार्ग क्षेत्रमा हुने गरेको आपराधिक क्रियाकलाप, सवारी आवागमनको अनुगमनलगायत राजमार्गमा हुने अवैध क्रियाकलापमाथि परिसरको अनुगमन कक्षबाट गहन रूपमा अवलोकन हुनेछ । गोरखापत्र दैनिकबाट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment