कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने

१८ असार, खलङ्गा । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

जुम्लामा निर्माण हुन थालेको उठिल्ने–ऐरेनी सिँचाइ आयोजनाको आज अनुगमन गर्दै उहाँले भन्नुभयो, “सानातिना आयोजनाले धेरै जमीन सिँचाइ गर्न नसक्ने र जमीन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य गर्न बृहत् सिँचाइ आयोजना निर्माणतर्फ सरकार लागिपरेको छ ।”

आगामी आर्थिक वर्षदेखि जुम्लामा दुई ठूला सिँचाइ आयोजनाको काम शुरु हुने र ती आयोजनाले धेरै ठूलो जमीनको सिँचाइ हुने बताइएको छ । किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । उठिल्नेदेखि ऐरेनीसम्मको बृहत् सिँचाइ आयोजना र हियाखोला लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि काम शुरु हुने भएको छ ।

उठिल्नेदेखि ऐरेनीसम्म पाँच किलोमिटर सिँचाइ कुलो निर्माण हुँदा ९२ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालयका प्रमुख अनुप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको गौरवको आयोजनाका रुपमा दुई ठूला सिँचाइ आयोजना बन्दैछन् । कर्णाली प्रदेश सरकारले दुवै आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिसकेको छ । आगामी दशैँसम्म बोलपत्र प्रक्रियामा जाने गरी कार्यालयले तयारी गरेको छ ।’’

तातोपानी गाउँपालिका हियाखोलामा लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि सम्भाव्यता हुँदैछ भने यसका लागि रकमको व्यवस्था भइसकेको छ । साठी हर्ष पावरको पम्पबाट १७० मिटर उचाइसम्म पानी पु¥याउन सकिने गरी लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययनको तयारी भइरहेको छ ।

यसले १५० हेक्टर जमीन सिँचाइ गर्नेछ । यो आयोजनाका लागि रु आठ करोड लाग्ने अनुमान गरिएको छ । यी आयोजनालाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाइने मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी वर्षदेखि नै दुवै आयोजनाको काम शुरु हुने ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment