प्रोटोनको “प्रोटोन X 70“ एसयूभी नेपालमा सार्वजनिक

१८ असीर, काठमाडौं । जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलका प्रथम एसयूभी ‘प्रोटोन X 70′ नेपालमा सार्वजनिक गरेको छ ।

प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत् भर्चुअल रुपमा लञ्च गरिएको उक्त कार्यक्रममा मानिसहरुको उत्साहजनक सहभागिता देखिएको थियो । ५–स्टार ASEAN NCAP सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ वर्ष अथवा १,५०,००० कि.मि वारेन्टी रहेको छ । यसको सुरुवाती रकम भने हाललाई रु. ८६,९९,००० राखिएको छ ।

यसमा रहेको अत्याधुनिक भोइस कमान्ड सिस्टमले गाडी भित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीको भरमा निप्ट्याउन सहयोग पु¥याउने कम्पनीले जनाएको छ ।

भोइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका बिभिन्न फिचर्स बारे सोधपुछदेखि गाडीको पूरै सिस्टम कन्ट्रोल गर्न सक्नेसम्म काम गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै यस गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ । उच्चस्तरीय अन्तर्राष्ट्रिय कम्पनी भल्भोसँग मिलेर प्रोटोनले संयुक्त रुपमा यसमा रहेको १.५ लिटरको टर्बोचार्ज्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टि.जि.डि.आइ) इन्जिन समाहित रहेको छ ।

जसको कारण कम तेल खपत, कम फ्रिक्सन क्षति, छिटो रेस्पोन्स र गज्जबको ड्राइभिङ् अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यो गाडीको सबै भन्दा बढी आकर्षक फिचर यसको इन्जिन हो, जुन VOLVO लक्जरी निर्माताको सहायताले निर्माण गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment