युरोकप अपडेट: नकआउट चरणका आज अन्तिम दुई खेल हुदै

१५ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।

युरोकपमा मंगलबार राति राउण्ड अफ १६ अर्थात नकआउट चरणका आज अन्तिम दुई खेल हुने तालिका रहेको छ ।

पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ ।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

इग्न्ल्यांडले समूह ‘डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।

इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्दै

युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको १३ औं भेट हुनेछ ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा

स्विडेन समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्लोभाकियालाई १-० ले हराएको स्विडेनले तेस्रो खेलमा पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

युक्रेन समूह ‘सी’ बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोड्यो ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २-१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अष्ट्रियासँग १-० ले पराजित भएको थियो ।

स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment