नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन, आइतबारबाट बजारमा

१४ असार, काठमाडौं । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।

औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनुभयो ।

हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यवस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताउनुभयो । उहाँले साे औषधिकाे ब्राण्ड नेम रेमसिभिर रहेकाे बताउनुभयाे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment