सार्वजनिक सवारी बारे आज निर्णय हुनसक्ने, मा जोरबिजोर लागु गर्ने या नगर्ने

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार बिहान १० बजे लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललिपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सार्वजनिक सवारी साधनमा जोरबिजोर लागु गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘‘२० सिट क्षमताभन्दा बढि क्षमता भएका सवारीमा जोर बिजोर लागु गरिनेबारे छलफल भइरहेको छ । निर्णयको टुंगो लागिसकेको छैन । सोमबार बिहान १० बजेसम्म निर्णय निकालिनेछ ।”

सार्वजनिक सवारी सञ्चालन गर्दा हुने भिडभाड क्षेत्र र अन्य भिडभाड हुने क्षेत्र कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको प्रजिअ निरौलाको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment