पाँच विद्यार्थी संगठनको सरकारविरुद्ध प्रदर्शन सम्पन्न

१० असार,काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच दलनिकट विद्यार्थी संगठनले बिहीबार काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज दिउँसो ३ बजेबाट विरोध कार्यक्रम सुरु गरेका थिए । विरोध कार्यक्रम काठमाडौं भृकुटीमण्डव स्थित प्रर्दशनीमार्गमा भएको हो ।

तस्वीर: सराेज राई, डिजिटल खबर

विरोध प्रर्दशनमा ४०० जनाको उपस्थित रहेका थिए। उनीहरुले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारका असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी कदमविरुद्ध प्रदर्शन गर्ने जानकारी गराएका थिए ।

प्रदर्शनका क्रममा कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

प्रर्दशनमा नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौँ)ले संयुक्त रुपमा विरोध प्रदर्शनको उपस्थित थिए ।

तस्वीर: सराेज राई, डिजिटल खबर
तस्वीर: सराेज राई, डिजिटल खबर
तस्वीर: सराेज राई, डिजिटल खबर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment