सिड्नीमा ‘डेल्टा’ स्वरुपको पुष्टि, नयाँ प्रतिबन्ध लगाइदै

०९ असार, काठमाडौं । कोभिड १९ का नयाँ सङ्क्रमितको पुष्टि हुन थालेपछि अष्ट्रेलियाको सिड्नीमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ । बीबीसीका अनुसार बुधबार १६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि २१ जनामा सङ्क्रमणको पुष्टि भएकै क्षेत्रमा थप नयाँ ब्यक्ति सङ्क्रमित हुन पुगेका छन् ।

करिब ५३ लाख जनसंख्या रहेको सिड्नीमा सर्वसाधारणले घरभित्र समेत मास्क अनिवार्य लगाउनुपर्ने तथा शहरबाट बाहिर निस्किन प्रतिबन्ध लगाउने तयारी गरिएको छ । कोभिड १९ को अत्यन्तै सङ्क्रामक स्वरुप ‘डेल्टा’को पुष्टि भएकोले सतर्कताका थप उपाय अपनाउनुपर्ने स्वास्थ्यविद्हरुले तर्क गरेका छन् ।

गत् डिसेम्बर महिना यता उक्त क्षेत्रमा सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको हो । उक्त क्षेत्रका सर्वसाधारणले वर्षको अधिकांश समय प्रतिबन्धको सामना गर्नुपरेको थिएन ।

न्यूसाउथ वेल्सका प्रिमियर ग्लैडिज बेरेक्लायनले सर्वसाधारणलाई अनावश्यक गतिबिधि छोड्न, सामाजिक जमघट बन्द गर्न आग्रह गर्नुभएको छ । घरमा भ्रमण गर्ने अतिथिको संख्या समेत पाँच जनामा सीमित गरिएको छ । जिमखाना, रात्री भोजनका लागि रेष्टुरेन्ट तथा खेलकुद भेलामा समेत प्रतिबन्ध लगाइने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment