अवैध लागूऔषध सहित पक्राउ

०८ असार, काठमाडौं । मोरङ, सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

क्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २० वर्षीय महेश चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् । प्रदेश नम्बर १-०२-०४५ प ३९७३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चोकबाट नियन्त्रित लागूऔषध १० पिस डाइजेल्याब, १० पिस फेनारगन, १० पिस आइपेल र २० पत्ता ट्रमोल सहित २ जनालाई प्रहरीले सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २५ वर्षीय प्रकाश लिम्बु र सोही ठाउँ बस्ने २० वर्षीय बिमल तामाङ रहेका छन् ।

को.४ प ९१८० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।


यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-६ डिपुचोकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको २५ बोतल डाइलेक्स डिसी, ४ सय ३५ ट्याब्लेट नाइट्राभेट र १ सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभिन सहित सुन्दरहरैचा नगरपालिका-५ नमुना टोल बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको कारोबार भइहरेको भन्ने सूचनाको धारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गोपालले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment