नेप्सेमा आज आइतबार ६३ दशमलब ११ अंकको भारी गिरावट

०६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ । यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो ।

आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।

आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

सेबोनले सूचना जारी गरेको दोस्रादिनसम्म पनि खासै ठुलो नकारात्मक प्रभाव नदेखिएको शेयर बजारमा साताको पहिलो दिन आज आइतबार उच्च गिरावट देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment