मासिक २१ हजार ८ सयमा रेनोको नयाँ एसयूभी, अर्को शुक्रबारबाट विक्री सुरु

०६ असार, काठमाडौं । रेनोले आफ्नो भारतमा उत्पादन भएको एसयूभी काइगर नेपाल ल्याएको छ । आधिकारीक वितरक एड्भाञ्स अटोमोवाइलले आइतबारबाट यसको बुकिङ खुल्ला गर्दैछ । काइगरको सुरुवाती भेरियन्ट किन्ने ग्राहकले मासिक २१ हजार ८५० रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

रेनो काइगर नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी हो । यसअघि सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा निसान म्याग्नाइट आएको थियो । म्याग्नाइटभन्दा एक लाख कम मूल्यसहित काइगर नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभी भएको छ । काइगरको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले ७.५ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउँदै आएका छन् । कम व्याजदरको कारण यसको मासिक किस्ता पनि बजारमा उपलब्ध एसयूभी मध्ये सबैभन्दा कम पर्नेछ ।

कार किन्ने ग्राहकलाई बैंकहरुले ७ वर्षसम्मको लागि कर्जा उपलब्ध गराउने छन् । राष्ट्र बैंकको नीति अनुसार वित्तीय संस्थाले ५० गाडीको मूल्यको प्रतिशत कर्जा प्रवाह गर्न सक्ने छन् । यसरी काइगरको लागि कर्जा लिँदा सुरुवाती भेरियन्टको लागि १४ लाख २४ हजार ५०० रुपैयाँ कर्जा लिन सक्ने छन् । जुन कर्जा ग्राहकले मासिक २१ हजार ८५० रुपैयाँको दरले तिर्नु पर्ने हुन्छ ।

भेरियन्ट र मूल्य

आयातकर्ता कम्पनीले काइगर कति भेरियन्टमा उपलब्ध हुने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । एक हप्तापछि आगामी शुक्रबारबाट विक्री सुरु गर्ने लक्ष्यसहित यसको बुकिङ भोलिबाट सुरु गर्न लागेको हो ।

भारतमा काइगरको ४ भेरियन्ट विक्री हुँदै आएको छ । काइगरको सुरुवाती भेरियन्ट आरएक्सइ, आरएक्सइ डिटी, आरएक्सएल, आरएक्सएल डिटी, आएक्सटी, आरएक्सएल अटोमेटिक, आरएक्सएल डिटी, आरएक्सटी एएमटी, आरएक्सएल टर्बो, आरएक्सजेड, आरएक्सटी टर्बो, आरएक्सजेड, आरएक्सजेड टर्बो लगायत विभिन्न २४ भेरियन्ट विक्री भइरहेको छ । यी मध्ये नेपालमा केही भेरियन्ट उपलब्ध रहने छ ।

सानो र किफायती इन्जिन

रेनो काइगरमा १.० लिटर क्षमताको नेचुरल एस्पायर्ड र टर्बो इन्जिन उपलब्ध रहेको छ । माइलेजको हिसावले पनि रेनोका कार उत्कृष्ट रहेको कम्पनीको दावी छ । एआरएआईका अनुसार काइगरले प्रतिलिटर २० किलोमिटर माइलेज प्रदान गर्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment