आइतबार देशभर सामान्य देखि पूर्ण बदली

०६ असार, काठमाडौं । २०७८ असार ६ गते (आइतबार) जल तथा माैसम विज्ञान विभागका अनुसार यस्ताे छ माैसमः

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment