कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न माग

०४ असार, काठमाडौं । नेपाली कांग्रेसले देशभर बाढीपहिरामा परी हराएकाहरुको खोजी र उद्धार गर्न, घाइतेको उपचार तथा विस्थापितलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण गर्न तथा राहतमा जिम्मेवारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले बाढीपहिराको सजग भएर सामना गर्न तथा आफ्नो पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा संलग्न हुन आह्वान गरेको छ ।

बैठकले सरकारका तीनै तहलाई आवश्यक समन्वय र व्यवस्थित योजनाका साथ सम्पूर्ण तयारीमा जुट्न आग्रह गरेको छ । बैठकले विपद्मा परी निधन भएका प्रति श्रद्धाञ्जति व्यक्त गर्दै परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले कोभिड–१९ नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाका कारण आर्थिक संकटमा परेका निम्नवर्ग र श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

कांग्रेसले बन्दका कारण साना, मझौला व्यवसायीले भोग्नुपरेको मर्कालाई ध्यानमा राखी ब्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुनर्कर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गरेको छ ।

कांग्रेसले आमजनतालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता गर्न माग गर्दै मित्रराष्ट्रले गरेको सहयोगको घोषणालाई स्वागतका साथ जतिसक्दो खोप सहयोग उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment