सुनको मूल्य घट्यो

०३ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३४० कायम गरिएको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment