बाइडेन – पुटिन भेटवार्ता: रुस अमेरिकासँग के चाहन्छ ?

०२ असार, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिन जुन १६ मा स्वीट्जरल्याण्डमा भेटवार्ता हुदै छ । यस भेटवार्तालाई विश्वभर चासोको रुपमा हेरिएको छ ।

यस भेटअघि दुवै देशले एक अर्कालाई चेतावनी दिने र आरोप लगाउने क्रम जारी रहेको छ । दुई देशको सम्बन्ध अहिलेसम्मकै खराब रहेको विश्लेषण गरिएको छ ।

रुसले हालै अमेरिकालाई ‘अनफ्रेण्डली स्टेट’ अर्थात राम्रो सम्बन्ध नभएको देशको सुचीमा राखेको छ । अहिले दुवै देशमा एकअर्काका राजदुत फिर्ता गएका छन् ।

त्यस्तै आफ्नो देशको चुनाव दखल दिएको र क्रीमियामा कब्जा गरेको विषयमा अमेरिकाले रुसमाथि कैयौं प्रतिबन्ध लगाएको छ ।अहिले अमेरिकाका दुई पूर्व नौसैनिक रुसको जेलमा कैदमा रहेका छन् । उनीहरुलाई जासुसीको आरोपमा १६ बर्षको सजाय सुनाइएको छ । यति मात्र होइन गत मार्चमा एक अन्तर्वार्तामा बाइडेनले पुटिनलाई हत्याराको संज्ञा दिएका थिए । यस अवस्थामा बाइडेन र पुटिनबीच भेटवार्ता हुदै छ ।

दुवै नेताको स्वीट्जरल्याण्डको जेनेभा रोजिनुको पनि ऐतिहासिक अर्थ रहेको छ । १९८५ को शीत युद्धको समयमा अमेरिकी तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन रुसी नेता मिखाइल गोर्बाचोवको भेटवार्ता भएको थियो ।

२०१४ मा रुसले क्रिमियामा कब्जा गरेपछि अमेरिका र रुसको सम्बन्ध खराब नै हुदै आएको छ ।

यस भेटलाई दुई शक्ति राष्ट्रको भेट मात्र नभएर पुटिनले आफु विश्वको शक्तिशाली नेताको रुपमा रहिरहने महत्वकांक्षी हुनुले पनि महत्वपूर्ण रहेको विश्लेषण गरिएको छ ।

पुटिनले केहि समय अघि अमेरिकासँग साथ मिलेर कम गर्न सकिने क्षेत्रको बारेमा चर्चा गरेका थिए । पुटिनले परमाणु हतियार नियन्त्रण, सीरिया र लिबियासहित क्षेत्रीय टकराव र जलवायु परिवर्तनमा मिलेर काम गर्न सकिने बताएका छन् ।

अहिले बाइडेन र पुटिनको भेटवार्तापछि कम्तिमा दुवै देशले एक अर्का देशमा राजदुत पठाउने वातावारण निर्माण हुनसक्ने बताइएको छ ।

रुसले हालै दुवै देशमा रहेका कैदीको अद्लाबदालीमा जोड दिएको छ । यद्यपी अमेरिकाले रुसको शर्त मान्ने सम्भावना कमै रहेको बताईन्छ ।

पुटिनले पश्चिम देशलाई पटक पटक आरोप लगाउने गरेका छन् । सेन्ट पीटर्सबर्गमा भएको इकोनोमिक फोरममा पुटिनले अमेरिकाले रुसको विकास रोक्न चाहेको आरोप लगाएका थिए । उनले जोड दिएर रुसको प्रतिष्ठा र तागतलाई विश्वले जान्न आवश्यक रहेको बताएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment