असार महिनाको पहिलो दिन नेप्सेमा आज सामान्य अंकको गिरावट : १६ अर्व ५२ करोडको माथिको कारोवार

०१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ३.७२ अंकले घटेर तीन हजार २२ दशमलब ११ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७.६६ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७.०२ प्रतिशतले घटेको छ ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २२१ रुपैयाँ बराबरको शेयर कोरोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment