सुनको मूल्यमा आज स्थिर

०१ असार , काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment