रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

०१ असार , काठमाडौं । रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । रिलायन्स लाइफले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी यस्तो छुट ल्याएको हो ।

जसमा ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट पाउनेछन् ।

उक्त फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको कम्पनीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment