इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

३१ जेठ एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गर्नुभएको बताइएको छ । इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल हुनु भएको थियो । बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त हुनुभएको र उहाँले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिनुभएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उहाँलाई फोन गरेर बधाई दिनुभएको समाचारमा जनाइएको छ । त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले आइतबार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो ।

त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उहाँलाई फोन गरेर बधाई दिनुभएको थियो । इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गर्नुभएका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ । बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो । कूल १२० सदस्यीय संसदमा भएको मतदानमा बेनेटले ६० मत पाएका थिए भने विपक्षमा ५९ मत परेको थियो । बेनेटलाई इजरायलका कट्टरपन्थी यहुदी, बामपन्थी र अरब कट्टरपन्थी समेतका आठ वटा दलको समर्थन थियो । सन् २०१९ यता चार पटक संसदको चुनाव गर्दा पनि कुनै दल वा गठबन्धनले बहुमत ल्याउन सकेको थिएन ।

पाँचौं चुनाव हुने सम्भावना बढेपछि अविश्वसनीय लाग्ने नयाँ गठबन्धन तयार भएको थियो । जसमा बेनेट स्वयंले प्रधानमन्त्री नेतन्याहूको साथ छाडेका थिए । बेनेटले धार्मिक अतिराष्ट्रवादी यामिना पार्टीको नेतृत्व गर्नुहुन्छ । यो दलले संसदमा सात सिट मात्र जितेको छ, तर नयाँ गठबन्धनमा उनी “किङ मेकर” का रुपमा देखा परेका थिए । नयाँ सत्ता गठबन्धनमा ४९ वर्षीय बेनेट पहिलो दुई वर्ष प्रधानमन्त्री हुनेछन् भने बाँकी दुई वर्ष मुख्य विपक्षी पार्टीका नेता याईर लापिड प्रधानमन्त्री हुनेछन् ।

प्यालेस्टाइनलाई स्वतन्त्रता दिन नहुने कट्टर विचार राख्दै आएका बेनेट प्यालेस्टिनीको बसोबास रहेको अधिनस्थ पश्चिम किनारा र पूर्वी जेरुसेलममा यहूदी बस्ती बिस्तार गर्नुपर्ने धारणा राख्छन् । बेनेटको यस विचारको अन्तर्राष्ट्रिय समुदायले विगतदेखि नै विरोध गर्दै आएका छन् । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको दबाबमा पूर्वी जेरुसेलम र पश्चिम किनारामा यहूदी बस्ती बिस्तारमा ढिलाई गरेको भन्दै प्रधानमन्त्री नेतन्याहूको कटु आलोचना गर्नु भएको थियो । उनी पश्चिम किनारामा यहूदी बस्ती बिस्तार कार्यक्रमका प्रमुख पनि थिए । संसदमा सन् २०१३ मा पहिलो पटक चुनिएका थिए । प्रधानमन्त्री नेतन्याहूको मन्त्री परिषदमा उनले महत्वपूर्ण मन्त्रालय सम्हाल्नुका साथै रक्षा मन्त्री समेत बन्नु भएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment