चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान (फोटो फिचर)

३० जेठ, काठमाडौं ।

काठमाडौँ – काठमाडौँ रत्नपार्कमा रहेको आकाशे पुलको भित्तामा विगत केही दिनदेखि चार कलाकार चित्र बनाउन व्यस्त छन् । भोटाहिटीबाट रत्नपार्क, त्रिचन्द्र क्याम्पसबाट भृकुटीमण्डप तर्फ जाने क्रममा रत्नपार्क र बागबजारलाई जोड्ने चोकमाथि आकाशे पुल छ ।

सो आकाशे पुलको रत्नपार्क पट्टीको भित्तामा चार दिनदेखि स्वास्थ्यकर्मीसहितको चित्र बनाइरहेका छन् साङ्गे ठिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ राकेश महर्जनले । उनीहरु चारैजना ट्याटु कलाकार हुन् ।

चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान ब्यक्त । रत्नपार्कको आकाशे पुलको पर्खालमा एउटा ठूलो चित्रकला निर्माण आइतबार पूरा भयो । चार जना कलाकार र तीन जना स्वयंसेवकको मिहिनेतमा ६ दिन लगाएर बनाएको यो चित्रकलाले कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गरेको छ ।

कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि यो चित्र बनाएको कलाकारहरु बताउँछन् । चित्रकलामा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्छ ।

यस चित्रकलाको परिकल्पनाकार डोजाङ शेर्पा फ्रन्टलाइनको सम्मानका लागि आफूहरुले चित्र बनाएको बताउँछन् । ‘महामारी नियन्त्रणमा उहाँहरु नखटिनु भएको सिचुएसन ब्लास्ट भइसक्थ्यो,’ उनले भने, ‘त्यसैले उहाँहरुलाई मोटिभेसन होस्, हामी तपाईंहरुको साथमा छौं भन्नका लागि यो चित्रकला बनाएका हौं ।’

चित्रकला निर्माणमा कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ तथा स्वयंसेवकहरु कुञ्जाङ शेर्पा, अभिषेक पौडेल र मात्रिका तिमिल्सिना खटिएका थिए । ‘हामीलाई ६ दिन लाग्यो, दुई दिन पानीले बिथोल्यो,’ परिकल्पनाकार डोजाङले भने ।

चित्र बनाउँदा उनीहरुलाई धेरैले धन्यवाद पाए । ‘हामीले चित्र बनाइराख्दा ट्राफिक प्रहरीहरु धेरै खुशी हुनुभयो, धेरै नर्सहरु पनि आउनुभयो र धन्यवाद दिनुभयो’ डोजाङले भने ।

हेर्नुहोस्

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment