निषेधाज्ञा सातदेखि दश दिन थप हुने, हार्डवेयर पसल खुल्न सक्ने

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी गराउनु भयाे ।

जारी निषेधाज्ञा सात देखि १० दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताउनुभयो । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेकाे हने ।

आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । अव थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोलन दिने बारे छलफल भएको छ ।

भने यसै गरी किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिएकोमा अव विहान ११ बजे सम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको प्रजिअ भट्टराईले बताउनुभयो ।

तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ । निजी तथा सार्वजनिक निर्माणको काम गर्न यस अघि दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

थप निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment