मन्त्री महासेठको स्वागतमा स्वागतद्वारदेखि पुष्पवृष्टीसम्म

२९ जेठ, काठमाडाैं । निषेधाज्ञाकै बीच धनुषाको मिथिला विहारी नगरपालिकाले उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागतमा लाखाैं खर्च गरेर तामझाम गरेकाे छ ।

महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महासेठका लागि गृहजिल्ला आएका उनलाई आज मिथिला विहारी नगरपालिकाले ठाउँ-ठाउँमा भव्य स्वागतद्वार निर्माण तामझामसहित स्वागत गरेको हो ।

उनीहरूलाई मिथिला विहारी पुग्दा पुष्पवृष्टी गरेर मेयर अनिल यादवले मन्त्री महासेठको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।

महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर मन्त्री महासेठ दम्पत्तीले निषेधाज्ञाको कुनै परवाह गरेनन् ।

मेयर यादव नेकपा एमालेबाट निर्वाचित हुन् । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ ठाउँमा गेट बनाउन लगाएका थिए । कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैया खर्चेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment